Kathmandu Press

विधानसभा चुनावमा हारपछि दिल्लीकी मुख्यमन्त्री आतिशीले दिइन् राजिनामा

विधानसभा चुनावमा हारपछि दिल्लीकी मुख्यमन्त्री आतिशीले दिइन् राजिनामा

काठमाडौं, माघ २७ः दिल्ली विधानसभा चुनावमा हार व्यहोर्नु परेपछि दिल्लीकी मुख्यमन्त्री आतिशीले आइतबार बिहान पदबाट राजीनामा दिएकी छन्।

आतिशी आम आदमी पार्टीबाट दिल्लीकी मुख्यमन्त्री रहेकी थिइन्। भारतीय संचारमाध्यमले जनाए अनुसार उनले दिल्लीका उपराज्यपाल वीके सक्सेनाको राज निवासमा गएर आफ्नो राजीनामा बुझाएकी छन्।

Hardik ivf

दिल्ली विधानसभा चुनाव २०२५ को नतिजा शनिबार घोषणा भइसकेको छ। निर्वाचन परिणाम अनुसार भाजपाले ४८ सिटसहित बहुमत ल्याएको छ। आम आदमी पार्टी भने २२ सिटमा सिमित हुन पुगेको छ।

२७ वर्षपछि भाजपा दिल्लीको सत्तामा फर्किएको हो। भारतीय कांग्रेसले भने दिल्ली विधान सभामा एउटै सिटमा पनि जीत हासिल गर्न सकेन।

प्रकाशित मिति: १७:०३ बजे, आइतबार, माघ २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्