Kathmandu Press

तिनकोसे जङ्गलमा रुख काट्दै गर्दा एक पक्राउ

जलेश्वर, वैशाख १५ : कोभिड–१९ को जोखिम हुन दिन बन्दाबन्दी जारी रहदा डिभिजन वन कार्यालयले  तिनकोसे जङ्गलमा रुख काट्दै गरेका अवस्थामा एक जनाला....

तिनकोसे जङ्गलमा रुख काट्दै गर्दा एक पक्राउ

जलेश्वर, वैशाख १५ : कोभिड–१९ को जोखिम हुन दिन बन्दाबन्दी जारी रहदा डिभिजन वन कार्यालयले  तिनकोसे जङ्गलमा रुख काट्दै गरेका अवस्थामा एक जनालाई पक्राउ गरेको छ। पक्राउपर्नेमा जिल्लाको बर्दिवास नगरपालिकाअन्तर्गत पर्ने माइस्थान चेरुका ४५ वर्षीय झोकिलाल लामा रहेको डिभिजन वन कार्यालयका प्रमुख हेमन्त साहले जानकारी दिए।

तिनेकोसे झाडीअन्तर्गत पानी खोल्सी प्राकृतिक वन क्षेत्रमा सालको रुख काट्दै गरेका लामालाई  सहायक वन अधिकृत ओमविक्रम खड्काको नेतृत्वमा खटिगएको सशस्त्र वन सुरक्षाकर्मीसहितको टोलीले सोमबार नियन्त्रणमा लिएको हो।
    
पक्राउ परेका लामालाई सशस्त्र वन सुरक्षा शाखा माइस्थानको हिरासतमा राखी  वन ऐन २०७६ अनुसार मुद्दा चलाउने तयारी भइरहेको प्रमुख साहले बताए।

प्रकाशित मिति: १४:५९ बजे, सोमबार, वैशाख १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्