Kathmandu Press

वागमती नदीमा शव फेला

ललितपुर, वैशाख १५ : दक्षिण ललितपुरको वागमती गाउँपालिकामा एक व्यक्ति मृतावस्थामा फेला परेका छन्।  गाउँपालिका १ कटुनबेंसीस्थित वागमती नदीमा सो....

वागमती नदीमा शव फेला

ललितपुर, वैशाख १५ : दक्षिण ललितपुरको वागमती गाउँपालिकामा एक व्यक्ति मृतावस्थामा फेला परेका छन्।  गाउँपालिका १ कटुनबेंसीस्थित वागमती नदीमा सोही गाउँपालिका –१ निवासी  ४८ वर्षीय कालीबहादुर थिङको शव फेला परेको हो।

मकवानपुरबाट घर फर्कने क्रममा उक्त खोला तर्दा बगाई उनको मृत्यु भएको महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिनुएन। उनले भने, 'हामीले हिजो बेलुका थिङको शव ल्याई आज बिहान पाटन अस्पताल पोष्टमार्टमका लागि लगेका छौँ।'

प्रकाशित मिति: १४:३७ बजे, सोमबार, वैशाख १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्