Kathmandu Press

संसदीय समितिद्वारा न्याय परिषद सदस्यमा खड्काको नाम अनुमोदन  

संसदीय समितिद्वारा न्याय परिषद सदस्यमा खड्काको नाम अनुमोदन  

काठमाडौं, माघ २० : न्याय परिषद्को सदस्यका लागि नेपाल बारबाट सिफारिस भएका वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन गरेको छ।

सिंहदरबारमा आइतबार बसेको समितिको बैठकले खड्काको नाम अनुमोदन गरेको हो। 

सदस्यमा प्रश्तावित खड्काले समितिको बैठकमा आफ्नो कार्य विवरण प्रस्तुत गर्दै छिटो छरितो न्याय सम्पदानका लागि न्याय परिषद्को तर्फबाट पहल र सहजीकरण गर्ने प्रतिबद्धता राखेका थिए। 

नेपाल बारले पुसको २९ गते परिषद्को सदस्यमा खड्काको नाम सिफारिस भएको पत्र समितिलाई पठाएको थियो। 

परिषद्का सदस्यको पदावधि चार वर्षको हुने संवैधानिक प्रावधान छ।

 

प्रकाशित मिति: १८:०९ बजे, आइतबार, माघ २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्