Kathmandu Press

दोस्रो त्रैमासिकसम्म ७ खर्ब ६३ अर्ब रेमिट्यान्स भित्रियो 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म ७ खर्ब ६३ अर्ब रेमिट्यान्स भित्रिएको तथ्याङ्क सार्वजनिक गरेको छ । 
दोस्रो त्रैमासिकसम्म ७ खर्ब ६३ अर्ब रेमिट्यान्स भित्रियो 

काठमाडौं, माघ १४ : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म ७ खर्ब ६३ अर्ब रेमिट्यान्स भित्रिएको तथ्याङ्क सार्वजनिक गरेको छ । 

राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको दोस्रो त्रैमासिकको वित्तीय विवरणमा ४.१ प्रतिशतले वृद्धि भई कुल ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ पुगेको उल्लेख छ।

Hardik ivf

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ८ खर्ब ३२ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७ खर्ब ९९ अर्ब ५४ करोड रहेको थियो ।

यो अवधिमा  वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या दुई करोड ३० लाख ४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ करोड ६२ लाख ६२८ रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ करोड ६ लाख तीन सय ९० र  १ लाख ३३ हजार ९४० रहेको राष्ट्र बैंकले जनाएको छ। 

 

प्रकाशित मिति: १७:४९ बजे, आइतबार, माघ २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्