Kathmandu Press

ट्रम्पको निर्णयप्रति चीन रुष्ट, व्यापार युद्धमा कसैको जित नहुने

ट्रम्पको निर्णयप्रति चीन रुष्ट, व्यापार युद्धमा कसैको जित नहुने

एजेन्सी, माघ २०ः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। तर चीनले त्यसको विरोध गरेको छ।

शनिबार राति राष्ट्रपति ट्रम्पले क्यानडा, मेक्सिको र चीनका आयातमा कर लगाइएको घोषणा गरेका थिए। ह्वाइट हाउसले चीनबाट हुने सबै आयातमा विद्यमान भन्सारभन्दा माथि १० प्रतिशत कर लगाउने बताएका हुन्।

तर चीनको वाणिज्य मन्त्रालयले विज्ञप्ति जारी गरी ट्रम्पको उक्त निर्णयले चीन पूरै असन्तुष्ट रहेको जनाएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले व्यापार युद्धमा कुनैपनि जित नहुनेमा चीन सधैं विश्वास गर्ने र आफ्नो राष्ट्रिय हितको रक्षा गर्न अडिग रहेको बताए।

वाणिज्य मन्त्रालयका प्रवक्ता हे यादोङले भन्सारको मुद्दामा चीनको अडान स्थिर रहेको बताए। अमेरिकाले मेक्सिको र क्यानडाबाट आउने सामानमा पनि २५ प्रतिशत कर लगाएको छ। (सीसीटीभीप्लस)

प्रकाशित मिति: १४:०९ बजे, आइतबार, माघ २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्