Kathmandu Press

राष्ट्रिय किताबखानाका अधिकृतविरुद्ध घुस मुद्दा

राष्ट्रिय किताबखानाका अधिकृतविरुद्ध घुस मुद्दा

काठमाडौं, माघ २० : सेवाग्राहीसँग घुस लिएको अभियोगसहित राष्ट्रिय किताबखाना (शिक्षक)का शाखा अधिकृत धनेश्वर प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

प्रसाईंलाई तीन लाख रुपैयाँ घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको थियो। 

अख्तियारले गत पुस १४ गते घुस रकम बरामद गर्दै उनलाई अख्तियारको हिरासतमा लिएर अनुसन्धान गर्दै आएको थियो। 

प्रकाशित मिति: १३:५६ बजे, आइतबार, माघ २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्