Kathmandu Press

‘सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो’

अर्थमन्त्री पौडेलले करिब अघिल्लो वर्षको भुक्तानी सकेर कसैले ऋणपूर्वक भुक्तानी माग्छ भने उसले सहज ढंगले भुक्तानी पाउने अवस्था आइसकेको बताए।
‘सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो’

काठमाडौं, माघ २० : अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको अध्यादेशले नीतिगत सुधारमा सशक्त भूमिका खेल्ने बताएका छन्।
 
आइतबार काठमाडौं आर्थिक पत्रकार संघले गरेको कार्यक्रममा बोल्दै उनले एकसाथ सरकारले छ वटा अध्यादेश ल्याएर २९–३० वटा कानुन संशोधन गरेर नीजि क्षेत्रको मनोबल बढाउने काम गरेको बताए।

‘हामीमा जोश छ। आजभोलि नै चाहियो भन्ने मानसिकता छ। कुर्नै सक्दैनौं भन्ने खालको मनस्थिति छ । समस्या पुरानो छ समाधान तत्कालै चाहिएको छ। अहिले सरकारले अर्थतन्त्रमा देखिएको समस्याहरुको समाधान निम्ति नीतिगत सुधारमा जोड दिएको छ। सरकारले ल्याएको अध्यादेश जुन छ त्यो पनि नीतिगत सुधारको सशक्क्त पहल हो,’ उनले भने, ‘अहिले सरकारले चाँडो र छोटो समस्या सम्बोधन गर्नुपर्छ भनेर अध्यादेश ल्याएको छ । यस खालको सुधार सरकारले गर्छ भनेर कसैले अनुमान गर्नुभएको थियो ?एकसाथ सरकारले ६ वटा अध्यादेश ल्याएर २९–३० वटा कानुन संशोधन गरेर निजी क्षेत्रको मनोबल बढाउने काम गरेको छौं।’

Hardik ivf

अर्थमन्त्री पौडेलले करिब अघिल्लो वर्षको भुक्तानी सकेर कसैले ऋणपूर्वक भुक्तानी माग्छ भने उसले सहज ढंगले भुक्तानी पाउने अवस्था आइसकेको बताए।

सार्वजनिक खरिद ऐन, वातावरण ऐन, वन ऐन जस्ता विषयहरुमा सामूहिक सुधार गरेर पुँजीगत खर्चको सामथ्र्यलाई बढाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

‘खासगरी जुन खालका कानुनी प्रबन्ध गरेका छौं। सार्वजनिक खरिद ऐन वातावरण ऐन, वन ऐनहरु छन् । त्यस्ता विषयहरुमा पनि सामूहिक सुधार गरेर पुँजीगत खर्चको सामथ्र्यलाई बढाउनुपर्ने आवश्यकता छ। नियमनका प्रवन्धहरुलाई पनि प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ। त्यसतर्फ पनि ध्यान दिनुपर्ने छ । हामी त्यसतर्फ ध्यान दिँदै छौं,’ उनले भने, ‘आजको मितिमा आइपुग्दा करिब अघिल्लो वर्षको भुक्तानी सकेर कसैले ऋणपूर्वक भुक्तानी माग्छ भने उसले सहज ढंगले भुक्तानी पाउने र दिन सकिने त्यो अवस्था आइसकेका छौं। भुक्तानी दायित्व आजको भन्दा पनि हिजोको प्रसङ्ग थियो। तर पनि करिब आज त्यो दायित्व पूरा सरकार दायित्वबाट बाहिर निस्केको छ।’

प्रकाशित मिति: १२:२८ बजे, आइतबार, माघ २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्