कार्य गर्ने पद्धतिमा तालमेल नहुँदा सोचेजस्तो काम हुन सकेन् : मन्त्री अधिकारी
उनले नापी कार्यालयका कर्मचारीहरुलाई जनताको हित विपरित र जनतालाई अफ्ठयारो पार्ने गरी काम नगर्न आग्रह गरे।-1738477982.png)
काठमाडौं, माघ २० : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आवश्यकताहरु असीमित भएकाले कार्य गर्ने पद्धतिमा तालमेलको अभाव रहेको बताएका छन्।
आइतबार नापी कार्यालय चावहीलको नव निर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले काम गर्ने सिस्टममा तालमेल नमिल्दा चाहेजस्तो कामहरु हुन नसकेको बताएका हुन्।
‘हामीलाई असिमित आवश्यक्ताहरुको जरुरत छ। आवश्यक्ताहरु एकथरी छन्। हामीले गर्ने कार्यशैली, कार्य पद्धति, सिस्टम अलि भिन्न छ। तालमेलको अभाव छ। जसले कामहरुमा चाहे अनुसारको हुन सकिरहेको छैन,’ उनले भने, ‘छिटो छरितो काम नभएको जस्ता कुरीतिहरु देखा परेका छन्। सबै कुरा मिलाउने र समाधान गर्ने अरु बाहिरको कोही आएर गर्दैन तपाईं हामीले नै गर्नुपर्ने हो।’
उनले व्यक्तिगत स्वार्थका कारण कसैले काम गर्न नहुने बताए। उनले नापी कार्यालयका कर्मचारीहरुलाई जनताको हित विपरित र जनतालाई अफ्ठयारो पार्ने गरी काम नगर्न आग्रह गरे।
‘काम हुँदै हुँदैन भन्ने गुनासो धेरै सुन्नमा आएको छ। कर्मचारीहरुलाई मेरो के आग्रह छ भने नियम र विधिबाहेक कसैलाई दबाव दिने काम नगर्नुहोला। जनताको हित विपरित र जनतालाई अप्ठ्यारो पार्ने गरि काम नगर्न म आग्रह समेत गर्दछु,’ उनले भने।












