Kathmandu Press

‘प्रहरी र कर्मचारीबिना सरकार हुन सक्दैन’

नेता निधिले बिना प्रहरी तथा कर्मचारीको सरकार हुन नसक्ने भएकाले यसलाई देशभरको इस्यु बनाउनु आजको आवश्यक्ता रहेको बताए।
‘प्रहरी र कर्मचारीबिना सरकार हुन सक्दैन’

जनकपुर, माघ १९ : नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले प्रदेश सरकारहरुलाई आफ्नै प्रहरी संगठन र आफ्नै कर्मचारीका लागि देशैभरी इस्यु बनाउनु आवश्यक रहेको बताएका छन्।

नेपाल डेमोक्रेटिक्स लयर्स एसोसिएसनले आयोजना गरेको संविधान संशोधन आवश्यक्ता र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता निधिले बिना प्रहरी तथा कर्मचारीको सरकार हुन नसक्ने भएकाले यसलाई देशभरको इस्यु बनाउनु आजको आवश्यक्ता रहेको बताएका हुन्।

Hardik ivf

‘यो नाटक रोक्न यसलाई इस्यु बनाउनुपर्छ र जोडदार आवाज उठाउनुपर्छ। संविधानले नै प्रदेश सरकारहरुलाई आफ्नै प्रहरी तथा आफ्नै कर्मचारीका लागि अधिकार दिएको छ यसलाई कार्यान्वयनमा लाँदा कुनै कठिनाई हुँदैन,’ उनले भने।

निधिले केन्द्रमा कुनै दलका नेताहरुका लागि यो इस्यु नरहेकाले यसलाई हामीले नै इस्यु बनाउनुपर्ने बताए।

एक अर्को प्रसंगमा निधिले संघियतालाई टिकाई राख्नका लागि संविधान संशोधन आजको आवश्यक्ता रहेको बताए।

उनले अहिले कतिपयले संशोधन हुनु हुँदैन बताईरहेका छन्, अहिले संविधान संशोधन भएन भने यो संघिय प्रणालीमाथी नै प्रश्न चिन्ह् खडा हुने तर्फ सचेत गराए।

प्रकाशित मिति: २०:२३ बजे, शनिबार, माघ १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्