Kathmandu Press

समयानुकूल सहकारीमैत्री ऐन, नियमहरु बनाउनका लागि अध्यादेश आवश्यक : सभापति देउवा

सभापति देउवाले संघीय लोकतान्त्रिक, गणतन्त्रात्मक नेपालको संविधानको प्रस्तावनामा नै अर्थतन्त्रका तीन आधार सरकारी, नीजि र सहकारी रहेको हुनाले सहकारी क्षेत्रको औचित्य र महत्व अझ स्पष्ट भएको बताए।
समयानुकूल सहकारीमैत्री ऐन, नियमहरु बनाउनका लागि अध्यादेश आवश्यक : सभापति देउवा

काठमाडौं, माघ १९ : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले समायानुकुल सहकारीमैत्री ऐन, नियमहरुको व्यवस्था गर्नुपर्ने आवश्यकता महशुस गरेर नयाँ अध्यादेश ल्याएको बताएका छन्।

शनिबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा भएको ‘नेपाली कांग्रेस र सहकारी’ विषयक एक दिने विचार गोष्ठी कार्यक्रममा उनले सहकारीकै कारण गरिबी निवारण र सशक्तिकरण हुने भन्दै यसको लागि आवश्यक अध्यादेश ल्याएको बताए।

Hardik ivf

‘सहकारीकै कारण गरिबी निवारण, सशक्तिकरण, लोकतान्त्रिक समाजवादको स्थापना हुन्छ भन्ने कुरालाई ध्यानमा राखेर यसका लागि सरकारले समयानुकुल सहकारीमैत्री ऐन, नियमहरुको व्यवस्था गर्नुपर्ने आवश्यकतालाई महशुस गरेर नयाँ अध्यादेश ल्याएको छ,’ उनले भने, ‘सहकारी आन्दोलनमा गुणात्मक सुधार हुँदा समग्र अर्थतन्त्रमा नै सकारात्मक परिवर्तन हुनेमा पूर्ण विश्वास छ।’

सभापति देउवाले संघीय लोकतान्त्रिक, गणतन्त्रात्मक नेपालको संविधानको प्रस्तावनामा नै अर्थतन्त्रका तीन आधार सरकारी, नीजि र सहकारी रहेको हुनाले सहकारी क्षेत्रको औचित्य र महत्व अझ स्पष्ट भएको बताए।

नेपाली कांग्रेसले सहकारीको मर्म र भावना अनुसार गरिब किसान, श्रमिक र समाजका विभिन्न वर्गको जीवनस्तर उकास्न सहकारी आन्दोलनलाई आम नागरिक समक्ष पु¥याउन अभियानको रुपमा विस्तार गर्न लागेको पनि उनको भनाई छ।

उनले नेपाली कांग्रेस सहकारी विभागले सातै प्रदेशमा सहकारी समस्या, चुनौती र समस्या समाधानका लागि विभिन्न काम गरेको भन्दै खुशी व्यक्त गरे।

कार्यक्रममा केन्द्रीय सदस्य एवम सहकारी विभागका प्रमुख देवेन्द्रराज कँडेलले सहकारी क्षेत्रमा विश्वसनीयता जोगाउन सबैले भूमिका निर्वाह गर्नुपर्ने बताए।

प्रकाशित मिति: १५:१७ बजे, शनिबार, माघ १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्