भीमदत्त नगरपालिकाका कांग्रेस सभापति मृत
उनी शनिबार बिहान ८ बजे भीमदत्त–१८ स्थित मामाभान्जा चोक नजिकै मृत भेटिएका हुन्।
कञ्चनपुर, माघ १९ : नेपाली कांग्रेसका भीमदत्त नगरपालिका सभापति अच्युच कलौनी मृत भेटिएका छन्।
उनी शनिबार बिहान ८ बजे भीमदत्त–१८ स्थित मामाभान्जा चोक नजिकै मृत भेटिएका हुन्।
कलौनीको शरीर घोप्टो परेको अवस्थाम भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।
प्रकाशित मिति: ११:१२ बजे, शनिबार, माघ १९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार