Kathmandu Press

सरकार आफ्नै छायाँबाट डराइरहेको छ: अमरेशकुमार सिंह

स्वतन्त्र सांसद अमरेस कुमार सिंहले अहिलेको सरकार आफ्नै छाँयाबाट डराइरहेको बताएका छन्।
सरकार आफ्नै छायाँबाट डराइरहेको छ: अमरेशकुमार सिंह

काठमाडौं, माघ १८ : स्वतन्त्र सांसद अमरेस कुमार सिंहले अहिलेको सरकार आफ्नै छाँयाबाट डराइरहेको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठक पश्चात संचारकर्मीहरुसँग बोल्दै उनले कांगे्रस र एमालेहरुले सर्वोच्च अदालतमा आफ्नो कार्यकर्ता भर्ती गरेको र त्यही सर्वोच्च अदालतको न्यायधीशहरुको फैसलाबाट डराइरहेको बताएका हुन्।

‘अहिलेको सरकार आफ्नै छाँयाबाट डराइरहेको छ। कांगे्रस र एमालेहरुले सर्वोच्च अदालतमा आफ्नो न्यायधीशहरु कार्यकर्ता भर्ती गरेको छ। त्यही सर्वोच्च अदालतको न्यायधीशहरुको फैसलाबाट डराइरहेको छ,' उनले भने। 

सिंहले सामाजिक सञ्जाल, युटुबर सानो मिडियाले नै नेपालको लोकतन्त्र धानेको बताए।

'ठूला मिडिया त आफ्नो इन्ट्रेस्टमा  सरकारसँग बारग्रेनिङ गर्छ र आफ्नो इन्ट्रेस्ट पूरा भएपछि चुप लगाउँछ। तर सामाजिक सञ्जालहरु मार्फत जुनसुकै नेपाली होस् देशमा या विदेशमा बसेर सरकारको नियमन गरिरहेको हुन्छ। सरकारले आफ्नै काम कर्तुतले सामाजिक सञ्जाल विधेयक ल्यायो। आखिर २६ करोड ऋण के को लागी ? सरकारले भन्नु पर्‍यो नि २६ करोडले यो विकास गरे, यती रोजगारी बढ्यो, आर्थिक गतिविधि यति बढ्यो त्यो त छैन,’ उनले भने। 

प्रकाशित मिति: १९:३६ बजे, शुक्रबार, माघ १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्