Kathmandu Press

सामान्य अवस्थामा अध्यादेश ल्याइनु प्रजातन्त्र विपरीत : प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सामान्य अवस्थामा अध्यादेशमार्फत कानुन ल्याइनु प्रजातन्त्र विपरीत भएको बताएका छन् ।
सामान्य अवस्थामा अध्यादेश ल्याइनु प्रजातन्त्र विपरीत : प्रेम सुवाल

काठमाडौं, माघ १८ : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सामान्य अवस्थामा अध्यादेशमार्फत कानुन ल्याइनु प्रजातन्त्र विपरीत भएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सामान्य अवस्थामा अध्यादेश ल्याउनु प्रजातन्त्र विपरीत भएको भन्दै यसले संसदलाई औचित्यहीन बनाएको बताए ।

Hardik ivf

उनले भने, ‘सामान्य अवस्थामा अध्यादेश ल्याउनु प्रजातन्त्र विपरीत हो । संसदलाई औचित्यहीन बनाउनु हो । सहकारी ठगको सम्पत्ती र लगानी जफत गरी जनताको बचत फिर्ता प्रावधान अध्यादेशमा छैन ।  २० प्रतिशत भन्दा बढी मुनाफा खान नपाउने कानुनी व्यवस्था खारेज गरिएको अध्यादेशले कालाबजारीलाई फाइदा भएको छ । चार सयको सिमेन्ट आठ सय पुग्यो, उपभोग्य सामानको मूल्य बढ्यो । यस्तो अध्यादेशलाई जनताले पालना गर्न पर्दैन ।’

उनले सरकारी जग्गा मासेर बेच्ने काम राजनीति नभएको भन्दै पाथीभरामा केवलकार ल्याउने काम जनबिरोधि काम भएको बताए ।

प्रकाशित मिति: १९:०५ बजे, शुक्रबार, माघ १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्