Kathmandu Press

सिङ्गो राज्यशक्ति रवि लामिछानेमाथि खनिएको छ : स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सिङ्गो राज्य शक्ति नै रवि लामिछानेमाथि प्रतिशोध र पूर्वाग्रहकासाथ खनिएको बताएका छन् । 
सिङ्गो राज्यशक्ति रवि लामिछानेमाथि खनिएको छ : स्वर्णिम वाग्ले

काठमाडौं, माघ १८ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सिङ्गो राज्य शक्ति नै रवि लामिछानेमाथि प्रतिशोध र पूर्वाग्रहकासाथ खनिएको बताएका छन् । 

शुक्रबारदेखि सुरु भएको प्रतिनिधि सभाको पाँचौ अधिवेशनलाई सम्बोधन गर्दै उनले संविधानको धारामा टेकेर नै बनाएको नियमावलीको प्रावधानलाई बेवास्ता गर्दै रास्वपाका सभापति लामिछानेको सांसद निलम्बन गरिएको भन्दै त्यसको कानुनी उपचार खोज्ने बताए । 

Hardik ivf

उनले भने,‘संसदमा एउटा विशेष व्यक्ति अनुपस्थिति छ । नेपालको संसदीय इतिहासमा झण्डै ५० हजार मत ल्याएर दुई पटक विजयी भएको चितवन क्षेत्र नं २ का सांसद तथा हाम्रो पार्टीको सभापति रवि लामिछाने आज उपस्थित हुनुहुन्न । यहाँका सबै सांसदहरुको सर्वसम्मत रुपमा बनाएको संविधानको धारामा टेकेर नै बनाएको विशेष नियमावलीको प्रावधानलाई बेवास्ता गर्दै उहाँलाई निलम्बन गरिएको छ । यसको कानुनी उपचार र निधान हामी खोज्छौं । सिङ्गो राज्य शक्ति नै लामिछानेमाथि प्रतिशोध र पूर्वाग्रहकासाथ खनिएको छ ।’ 

उनले नयाँ शक्ति विभिन्न चरणमा गुज्रिने भन्दै अहिले रास्वपा तेस्रो चरणको भिषण आक्रमणबाट गुज्रिरहेको महशुस भएको बताए । चौथो चरण अस्थित्वको स्वीकार्यता, प्रवेश, विस्तार र दिग विजय रहेको र आफूहरु चौैथो चरणमा जान पूर्ण रुपमा आत्मविश्वासकासाथ अगाडि बढेको पनि उनले जानकारी दिए । 

उनले नेपालको जाँचबुझ आयोग ऐन अन्तर्गत पूर्वप्रधान न्यायाधीश वा न्यायाधीशको अध्यक्षतामा न्यायिक आयोग अब गठन हुनुपर्ने माग राखे  । सबै राजकीय पद ग्रहण गरेका नेताको सम्पत्ती छानबिन गर्ने गरेर अब हामी अगाडि जानुपर्ने उनको भनाई छ । 

 

प्रकाशित मिति: १९:०० बजे, शुक्रबार, माघ १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्