Kathmandu Press

एलिना चौहानले पतिसँग सम्पत्ति नलिने, यस्ता छन् उनका आरोप

उनले दायर गरेको मुद्दा दर्ता भइसकेको काठमाडौं जिल्ला अदालतले जनाएको छ।
एलिना चौहानले पतिसँग सम्पत्ति नलिने, यस्ता छन् उनका आरोप

काठमाडौं, माघ १८ : गायिक एलिना चौहानले श्रीमान विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेद मुद्दा दायर गरेकी छन्।

चौहानले शुक्रबार दिउँसो वारेसमार्फत काठमाडौं जिल्ला अदालतमा श्रीमानविरूद्ध सम्बन्धविच्छेद मुद्दा दायर गरेकी हुन्।

उनले दायर गरेको मुद्दा दर्ता भइसकेको काठमाडौं जिल्ला अदालतले जनाएको छ।

Hardik ivf

मुद्दामा उनले सापकोटासँग माया प्रेमपछि गत वैशाखमा विवाह भएको पनि रिट निवेदनमा खुलाएकी छन्। विवाह भएको एक महिनापछि श्रीमानसँगै आफू अस्ट्रेलिया गएको बताएकी छन्।

त्यहाँ सुरूका दिनहरूमा राम्रै चलेको तर आफ्नो पेसाअनुसार विभिन्न कार्यक्रमहरूमा जाँदा श्रीमानले शंका उपशंका गर्ने र बीचमै फोन गरेर तुरून्तै घर आइज भन्ने गरेको निवेदनमा उल्लेख छ। त्यही कुरामा दुईजनाबीच मनमुटाव भइरहने बताएकी छन्।

अस्ट्रेलियामा तीन महिना बसेपछि एलिना नेपाल फर्किएकी थिइन्। तर नेपाल फर्किएर कलाकारिता क्षेत्रका विभिन्न कार्यक्रममा व्यस्त हुँदा श्रीमानले आफ्नो चरित्रमाथि नै शंका उपशंकाको दृष्टिले हेर्ने र अनेक लान्छना लगाउने गर्दा आफूलाई मानसिक कष्ट हुने गरेको एलिनाले दायर गरेको मुद्दामा उल्लेख छ।

'हामी दुई बिचको बैबाहीक सम्बन्ध सुमधुर रहेर अगाडी बढ्न नसक्ने देखी म फिरादी र विपक्षी पति बिच भावनात्मक रुपमा सुमधुर सम्बन्ध कहिल्यै हुन नसकी कागजी रुपमा मात्र रहेको पति पत्नीको सम्बन्धमा रहनु बस्नु भन्दा मुलुकी देवानी कार्यबिधी संहिता, २०७४को दफा ९५ (ग) का आधारमा सम्बन्ध विच्छेद गरी स्वतन्त्र भै आ-आफ्नो जिवन बिताउन श्रेयष्कर लागेकोले निज बिपक्षीबाट अंश तथा माना चामल नलिने गरी यो फिरादपत्र लिइ सम्मानीत अदालत समक्ष उपस्थित भएकी छु,' एलिनाले दायर गरेको मुद्दामा उल्लेख छ।

दुई साताअघि एलिना चौहान र विष्णु सापकोटाबीच सम्बन्धविच्छेदको हल्ला चलेको थियो। त्यतिबेला उनले 'एक्लै पनि चल्दो रहेछ जिन्दगी' बोलको गीत पनि सार्वजनिक गरेकी थिइन्। 

Photo-(1)-1738326790.jpeg

Photo-(2)-1738326790.jpeg

प्रकाशित मिति: १८:२३ बजे, शुक्रबार, माघ १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्