Kathmandu Press

संसदको चाबी सरकारले बोक्ने परम्पराको अन्त्य हुनुपर्छ : सिके राउत

'न्यायपालिका काममा पनि सरकारले हस्तक्षेप गर्‍यो'
संसदको चाबी सरकारले बोक्ने परम्पराको अन्त्य हुनुपर्छ : सिके राउत
फाइल तस्वीर।

काठमाडौं, माघ १८ : जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले संसद सरकारले चलाए चल्ने नत्र नचल्ने बाध्यतामा रहेको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अन्य केही मुलुकमा संसद आफैपनि व्यवस्थापन गर्नसक्ने क्षमता भएको तर नेपालमा भने संसदको साँचो (चाबी) सरकारले नै बोक्ने गरेको बताएका हुन् ।

'सरकारले संसदको साचोे राखिदिएपछि संसद सरकारले चलाए चल्ने नत्र नचल्ने अवस्था बन्यो। पार्टीको कार्यक्रम वा कुनै शीर्ष नेतालाई हाच्छिउँ आउँदा पनि संसद स्थगित हुनुपर्ने बाध्यतामा पुनर्विचार गर्नुपर्छ,' उनले भने।

उनले न्यायपालिकाको काममा पनि सरकारले हस्तक्षप गर्ने गरेको आरोप लगाए।

उनले भने, ‘शक्ति पृथकीकरणको कुरा त गर्छौ तर न्यायलयले पहिले सरकारको फोन कुरेर बस्नुपर्ने अवस्था छ। मान्छेलाई हिरासतमा पठाउने कि पुर्पक्षमा पठाउने भनेर सरकारकै आधिकारीकबाट जानकारी लिएर फैसला गर्नुपर्ने अवस्थामा छौं। मान्छेलाई हतकडी लगाएर ७७ जिल्ला घुमाउनुपर्ने हो कि छाड्दिनु पर्ने हो त्यसमा न्यायपालिकामाथि हस्तक्षेप हुन्छ। यसलाई सुधार गर्न आवश्यक छ।’

प्रकाशित मिति: १७:५४ बजे, शुक्रबार, माघ १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्