Kathmandu Press

संसदमा राजेन्द्र पाण्डको प्रश्न- दुई तिहाइ छ भन्दैमा जे मन लाग्यो त्यही गर्न पाइन्छ?

नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले दुई तिहाईको घमण्ड नगर्न सरकारलाई आग्रह गरेका छन् ।
संसदमा राजेन्द्र पाण्डको प्रश्न- दुई तिहाइ छ भन्दैमा जे मन लाग्यो त्यही गर्न पाइन्छ?

काठमाडौं, माघ १८ : नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले दुई तिहाईको घमण्ड नगर्न सरकारलाई आग्रह गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा उनले सरकारसँग दुई तिहाई छ भन्दैमा जे मन लाग्यो त्यही नगर्न चेतावनी दिएका हुन्। 

सरकारले दुई तिहाईकै घमण्डले संसद बैठकको मुखमा अध्यादेश ल्याएको उनले बताए।  

‘अध्यादेश ल्याउने अहिलेको जुन ट्रेन्ड छ, यो ट्रेन्डले सांसदहरूलाई पार्टीभित्रै पनि बाध्यकारी अवस्था सिर्जना गरेर यो अध्यादेश पारित गर्नुपर्छ, अर्को उपाय छैन, यसमा खेल्ने ठाउँ छैन, यसमा छलफल गर्ने ठाउँ छैन भन्ने ढंगले जाने स्थिति देखिन्छ, अध्यादेशको ट्रेन्ड नै त्यही हो । दुई दल मिलेपछि दुई तिहाई छ भनेर पटक पटक भनिरहँदा जे मन लाग्यो त्यही गरे भइहाल्यो नि त भन्ने भयो । जे मन लाग्छ त्यही गर्नु त्यही गर्नलाई दुई तिहाई हो ?,’ उनले भने। 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको विकास भनेर सुनाएको फेहरिस्तमा आफैले सिंहदरबारबाट सबै पालिकाहरूमा  शिलान्यास गरेको १५ शैय्याको अस्पताल र पालिकालाई जोड्ने सडकका बारेमा प्रश्न गरे। 

'प्रधानमन्त्रीज्यूले विकासको फेहरिस्त सुनाइराख्दा ती योजनाहरू कहाँ पुगे। कति बने भन्ने विषय पनि सुन्न पाइएको भए हुन्थ्यो,' उनले भने। 

प्रकाशित मिति: १७:४७ बजे, शुक्रबार, माघ १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्