Kathmandu Press

गायिका एलिना चौहानले गराइन सम्बन्ध विच्छेदको मुद्दा दर्ता

गायिका एलिना चौहान वैवाहिक सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी छिन् ।
गायिका एलिना चौहानले गराइन सम्बन्ध विच्छेदको मुद्दा दर्ता

काठमाडौं, माघ १८ :  गायिका एलिना चौहान वैवाहिक सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी छिन् ।

शुक्रबार जिल्ला अदालत काठमाडौंमा चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गराएकी हुन् ।

Hardik ivf

चौहानले वारेसमार्फत मुद्दा दायर गराएकी हुन् । पछिल्लो समय चौहानको वैवाहिक जीवनमा दरार आएको भन्ने चर्चाले  सामाजिक सञ्जाल तातिरहेको थियो ।

गत वैशाख ५ गते उनले बागलुङका विष्णु सापकोटासँग धुमधामले विवाह गरेकी थिइन् । सापकोटा अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन्।

प्रकाशित मिति: १७:३६ बजे, शुक्रबार, माघ १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्