Kathmandu Press

‘ढलें ढलें’ गीत बजारमा आउँदैमा सरकार ढल्दैन : प्रधानमन्त्री

उनले दिनरात सरकार ढले भनेर गीत गाउनुको सट्टा कति कामहरु राम्रा भएका छन् त्यसको मूल्यांकन गर्नुपर्ने बताए।
‘ढलें ढलें’ गीत बजारमा आउँदैमा सरकार ढल्दैन : प्रधानमन्त्री

काठमाडौं, माघ १८ : प्रधानमन्त्री  केपी ओलीले  विपक्षी  दलहरु सरकार  ढलाउनमा लागेको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विपक्षी दलहरु सरकार ढल्यो ढल्यो भन्दै गीत गाइरहेको बताएका हुन्।

‘विपक्षमा रहिरहेका  साथीहरु एउटा कुरामा आफ्नो  समय व्यर्थै खेर फालेजस्तो  लागिरहेको छ। सरकार ढल्छ, ढल्नै  लाग्यो, पुस मसान्त, माघ मसान्त, माघे संक्रान्ती आदी इत्यादी। एउटा गीत बजारमा आएको छ–‘ढलें ढलें’भन्ने अलि प्रचारमा छ,’ उनले भने, ‘प्रायः आम रुपमा राजनीतिक नेताहरुले गाएको सुन्छु–ढल्यो ढल्यो  ढल्यो..। आज ढल्यो, भरे ढल्यो, बिहान ढल्यो । राती ढल्यो, ढल्यो, ढल्यो...। यो  गीत पार्टी उत्सवमा सुहाउँला राजनीतिमा त्यति सुहाँउदैन्।’

साथै उनले ८४ सम्म यो सरकार टसमस नगर्ने बताए। उनले दिनरात सरकार ढले भनेर गीत गाउनुको सट्टा कति कामहरु राम्रा भएका छन् त्यसको मूल्यांकन गर्नुपर्ने बताए।

प्रकाशित मिति: १५:०१ बजे, शुक्रबार, माघ १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्