Kathmandu Press

किन गरे रास्वपा सांसदले १५ मिनेट संसद बहिष्कार?

किन गरे रास्वपा सांसदले १५ मिनेट संसद बहिष्कार?

काठमाडौं, माघ १८ः राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले केही कुरा राख्नको लागि समय माग गर्दा सभामुखले नदिएको भन्दै १५ मिनेटको लागि सदन बहिष्कार गरेको बताएकी छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठक बहिष्कार गरेपछि उनले समय मागको कुरा सम्बोधन नहुँदा १५ मिनेट बहिष्कार गरेको बताइन्।

उनले भनिन्, ‘हाम्रा केही विशेष कुराहरु छन्। जुन हामी सदनमा राख्न चाहन्छौं भनेर सभामुखसँग समय माग गरेका थियौं। उहाँले हामीलाई समय दिनु भएन। त्यसको विरोधस्वरुप १५ मिनेटको लागि सदन बहिष्कार गर्ने निर्णय गरेर सदनबाट निस्किएका थियौं। १५ मिनेट पूरा भयो हामी जान्छौं।’

यस्तै, अर्का सांसद हरि ढकालले पनि केही विषय राख्न थोरै समय आग्रह गर्दा पनि प्राप्त नभएको भन्दै सांकेतिक विरोध मात्र गरेको बताए।

प्रकाशित मिति: १४:५५ बजे, शुक्रबार, माघ १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्