संसदमा प्रचण्डलाई प्रधानमन्त्री ओलीको व्यंग्य- सत्ताको खेल खेलिरहने अवस्थामा अब बन्ध्याकरण भएकाे छ

काठमाडौं, माघ १८ : प्रधानमन्त्री केपी ओलीले विकास निर्माणका काममा ‘ब्रेक–थु’ मात्र होइन ‘ब्रेक’ लगाएर राखिएका कतिपय कामलाई आफूहरुले थ्रु’ गरेको बताएका छन्।
संसदको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले, विकास निर्माणका काममा ‘ब्रेक’ लगाएर राखिएका कामलाई ‘थ्रु’ गरिएको भन्दै राजनीतिलाई सेवाको तपस्या भन्दा व्यवसायको बजार बनाउनेहरुको लागि यस्तो खबर दुखद् हुने बताए।
‘विकास निर्माणका काममा ‘ब्रेक–थु’ मात्र होइन ‘ब्रेक’ लगाएर राखिएका कतिपय कामलाई पनि हामी आएपछि ‘थ्रु’ गरेका छौं,’ उनले भने, ‘निराशाको व्यापार गर्ने असन्तुष्टि र उत्तेजनाको उद्योग चलाएर त्यसमा नै आफ्नो भविष्य देख्ने र राजनीतिलाई सेवाको तपस्या भन्दा व्यवसायको बजार बनाउनेहरुको लागि यस्तो खबर दुखद् हो।’
उनले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै सत्ताको नाममा प्वाँल पारेर फुत्त अर्को डुङ्गा चलाउने र मुलुक एवम जनतालाई तिरस्कार गर्दै सत्तापत्ता खेलिरहने अवस्थामा अब बन्ध्याकरण लागेको बताए।
संसद समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट अब मुक्त भएको पनि उनको भनाइ छ।
‘सत्ताको नाममा प्वाँल पारेर फुत्त अर्को डुङ्गा चलाउने मुलुक एमव् जनतालाई तिरस्कार गर्दै सत्तापत्ता खेलिरहने अवस्थामा अब बन्ध्याकरण भएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘संसद समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट हामी मुक्त भएका छौं।’












