Kathmandu Press

रास्वपाद्वारा संसद बैठक बहिष्कार

सभामुख देवराज घिमिरेले आफूहरूको कुरा नसुनेको भन्दै रास्वपाले प्रतिनिधिसभा बैठक बहिष्कार गरेको हो।
रास्वपाद्वारा संसद बैठक बहिष्कार

काठमाडौं, माघ १६ : प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ।

सभामुख देवराज घिमिरेले आफूहरूको कुरा नसुनेको भन्दै रास्वपाले प्रतिनिधिसभा बैठक बहिष्कार गरेको हो।

रास्वपाका उपनेता विराजभक्त श्रेष्ठले आफूहरूलाई दोस्रो दर्जाका सांसद ठानिएको बताए। उनले भने, 'हामीलाई दोस्रो दर्जाका सांसदहरू ठानियो । हामी यो बैठक १५ मिनेटको लागि बहिष्कार गर्छौं।'

रास्वपाले बैठक बहिष्कार गरेपनि सभामुख देवराज घिमिरेले बैठक अगाडि बढाएका छन्। अहिले संसदमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरिरहेका छन्।

प्रकाशित मिति: १४:०६ बजे, शुक्रबार, माघ १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्