Kathmandu Press

रास्वपा सांसदहरुको अवरोधबीच सभामुखले चलाए संसद

सभामुख घिमिरेले दलगत रुपमा धारणा राख्न समय दिने भन्दै बस्न आग्रह गरिरहे। तर रास्वपा सांसदहरु यथास्थानमा उभिएर विरोध गरिरहे।
रास्वपा सांसदहरुको अवरोधबीच सभामुखले चलाए संसद

काठमाडौं, माघ १८ः सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुको अवरोधका बीच संसद बैठक अघि बढाएका छन्।

सभामुख घिमिरेले दलगत रुपमा धारणा राख्न समय दिने भन्दै बस्न आग्रह गरिरहे। तर रास्वपा सांसदहरु यथास्थानमा उभिरहे। पछि उनीहरु १५ मिनेटका लागि भन्दै संसद बैठक कक्षबाट बाहिरिएका थिए।

बैठक सुरु हुने बित्तिकै रास्वपाका सांसदले उठेर अवरोध गरेपछि सभामुख घिमिरेले पटकपटक सांसदहरूलाई आ–आफ्नो स्थानमा बस्न आग्रह गरेका थिए। तर, सभामुख घिमिरेले आज दलीय आधारमा बोल्ने समय छुट्याइएकाले त्यसमै आफ्नो धारणा राख्न भनेपछि बैठकमा सवालजवाफ चलेको थियो।

रास्वपाका सांसदहरुको निरन्तरको अवरोधका बावजुद पनि सभामुख घिमिरेले बैठक अघि बढाएका छन्। सभामुखले बैठक अघि बढाउँदै गर्दापनि रास्वपाका सांसदहरुले भने नाराबाजी गरिरहेका छन्।
 

प्रकाशित मिति: १४:०२ बजे, शुक्रबार, माघ १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्