Kathmandu Press

रविले बुझाए सभामुख घिमिरेलाई निलम्बन फुकुवाको निवेदन 

शुक्रबार संसद सचिवालयमा समाभुख घिमिरेलाई भेटेर उनले निलम्बन गैरकानूनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको भन्दै आफ्नो सांसद पद फुकुवाका लागि आग्रह गरेको रास्वपाकी सांसद सोविता गौतमले जानकारी दिएकी हुन् ।
रविले बुझाए सभामुख घिमिरेलाई निलम्बन फुकुवाको निवेदन 

काठमाडौं, माघ १८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई सांसद पद निलम्बन फुकुवाको निवेदन बुझाएका छन् ।

शुक्रबार संसद सचिवालयमा समाभुख घिमिरेलाई भेटेर उनले निलम्बन गैरकानूनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको भन्दै आफ्नो सांसद पद फुकुवाका लागि आग्रह गरेको रास्वपाकी सांसद सोविता गौतमले जानकारी दिएकी हुन् ।

Hardik ivf

उनले भनिन्,‘राज्यले अभियोजन गरेर अनि राज्यले अभियोजन गरेको कुरा जानकारी दिएर संसदले पनि सोही अनुसार निलम्बन गर्ने प्रकृया उचित हुँदैन् । यसको प्रकृया संसदको नियमावलीमा स्पष्ट राखिएको छ ।

अदालतले थुना पठाउने निर्णय भएको खण्डमा मात्रै निलम्बन गर्ने नियमावलीमा व्यवस्था छ तर पनि उहाँलाई जो निलम्बन गर्ने निर्णय फिर्ता लिन उहाँले निवेदन दिनु भएको छ ।’

सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ८ गते संसद सचिवालयले निलम्बन गरेको थियो । 

प्रकाशित मिति: १३:०७ बजे, शुक्रबार, माघ १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्