काठमाडौंको न्यूनतम तापक्रम घट्यो
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस मापन भएको छ । बिहीबार न्यूनतम तापक्रम ८ डिग्री सेल्सिय मापन भएको थियो ।
काठमाडौं, माघ १८ : काठमाडौंको न्यूनतम तापक्रम शुक्रबार घटेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस मापन भएको छ । बिहीबार न्यूनतम तापक्रम ८ डिग्री सेल्सिय मापन भएको थियो ।
बिहीबार काठमाडौंको अधिकतम तापक्रम २० डिग्री सेल्सियस मापन भएको थियो । शुक्रबार पनि सोही हाराहारीमा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी तीन दिनसम्म कुनै प्रणाली विकसित नहुने देखिएकाले काठमाडौंको तापक्रम विस्तारै उकालो लाग्न सक्ने छ । एक साताअघि शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस मापन भएको थियो ।
त्यसपछि शनिबार ५.४, आइतबार १८.१, सोमबार ६.१ , मंगलबार ६.३, बुधबार ८.५ र बिहीबार ८ डिग्री सेल्सियस मापन भएको थियो ।
प्रकाशित मिति: ०८:१७ बजे, शुक्रबार, माघ १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार