Kathmandu Press

मधेसका दल एकजुट, बनायो ८ सदस्यीय कार्यदल

मधेसका दल एकजुट, बनायो ८ सदस्यीय कार्यदल

काठमाडौं, माघ १७ : मधेसकेन्द्रित ८ दलहरूले कार्यदल गठन गर्ने निर्णय गरेका छन्।

 बिहीबार सिंहदरबारमा बसेको बैठकले ८ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो।

कार्यदलमा जसपाबाट मोहम्मद इस्तियाक राई, जनमतबाट शरदसिंह यादव, जसपा नेपालबाट मनीष सुमन, नागरिक उन्मुक्ति पार्टीबाट गंगालाल चौधरी, लोसपाबाट लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टीबाट केशव झा, जनता प्रगतिशीलबाट शिवजी यादव र तमलोपाबाट ब्रेजेश सिंह छन्।

संविधान संशोधन, मधेस आन्दोलन र अबको राजनीतिक यात्राका बारेमा एकजुट हुन उनीहरूले कार्यदल बनाएका हुन्।

प्रकाशित मिति: २०:२१ बजे, बिहीबार, माघ १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्