Kathmandu Press

माओवादी केन्द्रले संसदमा अध्यादेश अस्वीकारको सूचना दर्ता गर्ने 

संसद्को हिउँदे अधिवेशनको पहिलो दिन शुक्रबार  बैठकमा प्रचण्डले सम्बोधन गर्ने तय भएको छ । 
माओवादी केन्द्रले संसदमा अध्यादेश अस्वीकारको सूचना दर्ता गर्ने 

काठमाडौं, माघ १७ : नेकपा (माओवादी केन्द्र) को विहीबार बसेको संसदीय दलको बैठकले ले संसद्मा अध्यादेश अस्वीकारको सूचना दर्ता गर्ने निर्णय गरेको छ । 

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार सरकारले ल्याएको अध्यादेशको अलोकतान्त्रिक भएको निष्कर्षसहित अस्वीकारको सूचना दर्ता गर्ने निर्णय भएको हो।

माओवादी बैठकमा संसद्को हिउँदे अधिवेशन थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको छ।

प्रमुख प्रतिपक्षी दलको हैसियतले अरु प्रतिपक्षी दललाई पनि सँगै लैजाने विषयमा माओवादी बैठकमा छलफल भएको पनि प्रुमख सचेतक पाण्डेले जानकारी दिए । 

माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान भएको विपक्षी दलसँगको छलफलबारे पनि ‘ब्रिफिङ’ गरेको जनाइएको छ । यस्तै, बैठकले सदनमा सशक्त ढंगले प्रस्तुत हुने निर्णय पनि गरेको छ।

संसद्को हिउँदे अधिवेशनको पहिलो दिन शुक्रबार  बैठकमा प्रचण्डले सम्बोधन गर्ने तय भएको छ । 

 

प्रकाशित मिति: १८:२० बजे, बिहीबार, माघ १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्