Kathmandu Press

कांग्रेसले ७७ वटै जिल्ला सभापति र उपसभापतिलाई प्रशिक्षण दिने

कांग्रेसले ७७ वटै जिल्ला सभापति र उपसभापतिलाई प्रशिक्षण दिने
सभापति देउवा। फाइल तस्वीर।

काठमाडौं, माघ १७ : नेपाली कांग्रेसले पोखरामा ७७ वटै जिल्लाका सभापति र उपसभापतिहरुलाई प्रशिक्षणको कार्यक्रम तय गरेको छ।

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले दुई दिनसम्म जिल्ला सभापतिहरुलाई प्रशिक्षण दिने कार्यक्रम तय गरेको हो । आगामी माघ २२ र २३ गते पोखरामा प्रशिक्षण कार्यक्रम तय भएको छ।

प्रशिक्षण कार्यक्रममा केन्द्रबाट कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत पदाधिकारीहरु उपस्थित हुने भएका छन् ।

यस्तै, कार्यक्रममा प्रत्येक जिल्लाका उपसभापति समेत सहभागी हुनेछन् भने स्रोत व्यक्तिका रुपमा प्रशिक्षण विभागका अन्य सदस्यहरु पनि सहभागीता रहने छ।

हाल कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको केन्द्रको प्रमुख उपसभापति खड्का छन् ।

प्रकाशित मिति: १७:१८ बजे, बिहीबार, माघ १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्