Kathmandu Press

ड्रोनभ्यूमा हेर्नुस् टुँडिखेलको थेगिनसक्नुको भिड

सुन्धारा आसपास सवारी आवतजावत प्रभावित
ड्रोनभ्यूमा हेर्नुस् टुँडिखेलको थेगिनसक्नुको भिड

तामाङ समुदायले आज सोनाम ल्होसार मनाइरहेका छन्।

देशभरि छरिएर रहेका तामाङ समुदायले सोनाम ल्होसारलाई विशेष महत्त्वका साथ मनाउँछन्। 

काठमाडौंको रौनक अझै बेग्लै छ। बागमति प्रदेश तामाङ समुदाय बढी भएको प्रदेश हो। सोनाम ल्होसारमा टुँडिखेलमा भव्य समारोह आयोजना हुन्छ। 

Hardik ivf

त्यसका लागि काठमाडौंमा भएका मात्रै होइनन् काठमाडौं आसपासका जिल्लाहरूबाट समेत तामाङ समुदायका मानिसहरू काठमाडौं आउँछन्। त्यसो हुँदा आजको दिन टुँडिखेलमा मानिसहरूको भिड देखिएको छ। 

टुँडिखेल भित्र मात्रै होइन भद्रकालीदेखि सुन्धारा हुँदै रत्नपार्क र भृकुटीमण्डसम्म मानिसहरूको भिड देखिएको छ। सवारी आवागमन र भिड नियन्त्रणका लागि  बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। तर भिडलाई व्यवस्थित बनाउन हम्मे हम्मे परिरहेको दृश्य सुन्धारा आसपास देखिन्छ।

यसले शहिदगेटतर्फबाट र त्रिपुरेश्वरबाट सुन्धार सुन्धारा आउने सवारी साधनहरूलाई धेरै बेर कुर्नुपर्ने अवस्था देखिएको छ। 

हेर्नुस् टुँडिखेलको दृश्यः 

tudikhel-sonam-lhosar-(7)-ink-1738235275.jpeg

tudikhel-sonam-lhosar-(8)-ink-1738235275.jpeg

tudikhel-sonam-lhosar-(5)-ink-1738235270.jpeg

tudikhel-sonam-lhosar-(6)-ink-1738235135.jpeg

tudikhel-sonam-lhosar-(3)-ink-1738235076.jpeg

sonam-lhosar-in-ktm-1-1738233303.jpg

tudikhel-sonam-lhosar-(5)-ink-1738235135.jpeg

tudikhel-sonam-lhosar-(4)-ink-1738235076.jpeg

tudikhel-sonam-lhosar-(2)-ink-1738235064.jpeg

सबै तस्वीरः नेपाल न्यूज बैंक

 

प्रकाशित मिति: १७:०१ बजे, बिहीबार, माघ १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्