Kathmandu Press

प्रचण्डसँग अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीको भेट

बिहीबार खुमलटार पुगेर नवनिर्वाचित अध्यक्ष  विजय शर्मा सापकोटा, महासचिव रोशन थापामगर लगायतले पार्टी अध्यक्ष प्रचण्डलाई भेटेका हुन्।
प्रचण्डसँग अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीको भेट

नेकपा (माओवादी केन्द्र) निकट  विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नवनिर्वाचित पदाधिकारीहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेका छन्।

बिहीबार खुमलटार पुगेर नवनिर्वाचित अध्यक्ष  विजय शर्मा सापकोटा, महासचिव रोशन थापामगर लगायतले पार्टी अध्यक्ष प्रचण्डलाई भेटेका हुन्।

Hardik ivf

त्यस क्रममा अध्यक्ष प्रचण्डले नवनिर्वाचित कमिटीलाई बधाई र शुभकामना दिए।

उनले  युवाहरूको ऊर्जा समाजको अग्रगामी रूपान्तरणमा सही ढंगले प्रयोग हुनुपर्ने पनि बताए।  

प्रचण्डले शैक्षिक आन्दोलनको अगुवाई र राजनैतिक आन्दोलनको सेवामा सही ढङ्गले प्रयोग हुनसके देशको मुहार फेरिने बताउनुभयो ।

'आन्तरिक लोकतन्त्रको अभ्यासमार्फत निर्वाचित युवाको ऊर्जा नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि शैक्षिक आन्दोलनको अगुवाई गर्न सही ढङ्गले प्रयोग हुने विश्वास लिएको छु ,' प्रचण्डले नवनिर्वाचित पदाधिकारीहरूलाई भने।

 माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा विजय सापकोटा, महासचिवमा रोशन थापा मगर, कोषाध्यक्ष फुलमाया राना मगरसहितको केन्द्रीय समिति निर्वाचित भएको थियो।

प्रकाशित मिति: १६:४२ बजे, बिहीबार, माघ १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्