Kathmandu Press

प्रदेशप्रमुख, मुख्यमन्त्री र पूर्वप्रधानन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना

प्रदेशप्रमुख, मुख्यमन्त्री र पूर्वप्रधानन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना

काठमाडौं, माघ १७ः सोनाम ल्होसारका अवसरमा बागमती प्रदेशप्रमुख, कोशी प्रदेशका मुख्यमन्त्री तथा पूर्वप्रधानमन्त्रीहरूले आज बेग्लाबेग्लै शुभकामना सन्देश जारी गरी ल्होसार मनाउने तामाङ समुदायका सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सोनाम ल्होसारलागयत चाडपर्वहरू सांस्कृतिक सम्पन्नताको परिचायक भएको उल्लेख गर्दै यस्ता पर्वले समाजमा एकता, मेलमिलाप, शान्ति र सौहार्द अभिवृद्धिमा योगदान पुग्ने बताएका छन्।

Hardik ivf

यसैगरी, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै धर्म, संस्कृति मात्रे समुदायबीचको सहकार्य, एकता र आपसी सद्भावले मात्र समृद्धि हासिल गर्न सकिने विचार व्यक्त गर्दै सोनाम ल्होसार तथा मञ्जुश्री संवत् २८६१ को शुभकामना व्यक्त गरेका छन्।

प्रदेश सरकारले सबै समुदायको पहिचान स्थापित गर्न आफू निरन्तर लागिरहेको बताउँदै सन्देशमा उनले विविधतायुक्त कोशी प्रदेशमा सबै समुदायले एकअर्काको सहअस्तित्वलाई स्वीकार गरी सुखी र समुत्रत प्रदेश निर्माणमा महत्वपूर्ण योगदान गरिरहेका उल्लेख गरेका छन्।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा सबै समुदायले मौलिक संस्कृति, परम्परा तथा चाडपर्वको संरक्षण गर्नुपर्नेमा जोड दिँदै सोनाम ल्हासारले बन्धुत्व, आपसी प्रेम, हार्दिकता गर्ने विश्वास शुभकामना सन्देशमा व्यक्त गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइने तामाङ समुदायको नयाँ वर्षको सोनाम ल्होसार पर्वमा सो समुदायले कुल र प्रकृति पूजा गर्ने प्रचलन रहेको छ।

प्रकाशित मिति: १२:३६ बजे, बिहीबार, माघ १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्