चाडपर्वले सामाजिक सद्भाव बढाएका छन्ः देउवा
![चाडपर्वले सामाजिक सद्भाव बढाएका छन्ः देउवा](https://kathmandupress.com/uploads/posts/Sher-Bahadur-Deuba--(1)-1737451112.jpg)
काठमाडौं, माघ १७ः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वले धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भाव बढाएको बताएका छन्।
तामाङ समुदायको पर्व ‘सोनाम ल्होसार’ अर्थात् नयाँ वर्षका अवसरमा उनले सबैमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक धार्मिक सांस्कृतिक रीतिरिवाज र परम्परा रहेका उल्लेख गरेका हुन्।
सोनाम ल्होछारले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्दै सभापति देउवाले पर्व मनाउने सबैमा शुभकामना व्यक्त गरेका हुन्।
प्रकाशित मिति: १२:२१ बजे, बिहीबार, माघ १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![प्रजातन्त्रलाई सिध्याएर निरंकुश शासन चलाउने शक्ति तयार भइरहेको छ : अध्यक्ष केसी](https://kathmandupress.com/uploads/posts/550X700/chitra-bdr-kc-1739956910.jpg)