Kathmandu Press

अमेरिकामा सेनाको हेलिकप्टर र हवाईजहाज ठोक्किए, १८ जनाको मृत्यु

अमेरिकामा सेनाको हेलिकप्टर र हवाईजहाज ठोक्किए, १८ जनाको मृत्यु

एजेन्सी, माघ १७ः अमेरिकामा सेनाको हेलिकप्टर ठोकिएर नदीमा खसेको अमेरिकी विमान दुर्घटना स्थलबाट १८ जनाको शव निकालिएको छ।

रेगन वासिङ्टन राष्ट्रिय विमानस्थल नजिकै पोटोम्याक नदीमा ६४ जना सवार अमेरिकी विमान दुर्घटनामा परेको र हालसम्म १८ जनाको शव निकालिएको समाचार एजेन्सीहरुले जनाएका छन्।

Hardik ivf

सेनाको हेलिकप्टरमा तीन जना रहेको बताइएको छ। युएस फेडरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) ले बुधबार रोनाल्ड रेगन वाशिङटन राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा एक यात्रुवाहक विमान हेलिकप्टरसँग ठोक्किएको पुष्टि गरेको हो।

विमान धावनमार्गमा पुग्ने क्रममा उक्त घटना भएको बताइएको छ। उक्त विमानमा ६० यात्रु र चार जना चालक दलका सदस्य थिए भने सेनाको ब्ल्याक हक हेलिकप्टरमा तीन जना सैनिक सवार रहेको सीसीटीभीप्लसको समाचारमा उल्लेख छ।

बुधबार राति ९ बजेतिर यात्रुवाहक विमान र सेनाको हेलिकप्टर आपसमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ।

प्रकाशित मिति: १२:१४ बजे, बिहीबार, माघ १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्