माओवादी संसदीय दलको बैठक बस्दै
सरकारले ल्याएको अध्यादेश, दर्ता भएका विधेयक लगायतका विभिन्न विषयमा संसदमा प्रभावकारी उपस्थिति र प्रस्तुतिबारे आजको संसदीय दल बैठकमा छलफल हुनेछ ।
काठमाडौं, माघ १७ : प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक आज बस्दैछ । सिंदरबारस्थित संसदीय दल कार्यालयमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
बैठकमा मुख्यगरी शुक्रबारदेखि सुरू हुने संसद अधिवेशनबारे छलफल हुनेछ । सरकारले ल्याएको अध्यादेश, दर्ता भएका विधेयक लगायतका विभिन्न विषयमा संसदमा प्रभावकारी उपस्थिति र प्रस्तुतिबारे आजको संसदीय दल बैठकमा छलफल हुनेछ ।
माओवादीले सरकारले संसद छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्ष निकाल्दै संसदमा जोडदार रूपमा कुरा राख्ने तयारी गरेको छ ।
प्रकाशित मिति: ०८:२६ बजे, बिहीबार, माघ १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार