Kathmandu Press

सहिदको बलिदानबाट प्रेरणा लिँदै मुलुक स्वर्ग बनाउने अभियानमा जुट्न राष्ट्रपतिको अपिल

सहिदको बलिदानबाट प्रेरणा लिँदै मुलुक स्वर्ग बनाउने अभियानमा जुट्न राष्ट्रपतिको अपिल

दमौली, माघ १६ः राष्ट्रपति रामचन्द्र पौडेलले सहिदले स्वतन्त्रताका लागि गरेको बलिदानबाट प्रेरणा लिएर नेपाललाई स्वर्ग बनाउने अभियानमा जुट्न अपिल गरेका छन्।

तनहुँको व्यास नगरपालिका –८ पुलिमराङमा रहेको सहिद पार्कमा पुगेर सहिदको शालिकमा पुष्पहार अर्पण पछि सम्बोधन गर्नेक्रममा राष्ट्रपति पौडेलले उक्त अपिल गरेका हुन्। सहिदको ठुलो बलिदानले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको पनि राष्ट्रपति पौडेलले बताए। राष्ट्रपति पौडेलले भने ‘अब विदेश जाने छटपटाहट छोडौं र नेपाललाई नै स्वर्ग बनाउने अभियानमा जुटौं।’

लोकतन्त्रपछि देशमा धेरै काम भएको बताउँदै राष्ट्रपति पौडेलले अब गाउँमा सबै सुविधा पुग्नेमा विश्वस्त हुन आग्रह पनि गरे। गाउँमा कृषि क्रान्ति गरेर गाउँमै रोजगारी र गाउँमै आम्दानी कसरी ल्याउने भन्ने चिन्ता लिनुपर्ने भनाई पौडेलको थियो। पौडेलले व्यास नगरपालिका –८ पुलिमराङमा रहेको सहिद पार्कमा रहेका सहिद भारत गुरुङ, शमशेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ, हस्तवीर गुरुङको शालिकमा पुष्पहार अर्पण गरेका थिए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, सुरक्षा निकायका प्रमुखहरू, स्थानीय जनप्रतिनिधि र स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: १७:०६ बजे, बुधबार, माघ १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्