Kathmandu Press

विपिन जोशीको रिहाइका लागि सहयोग गर्न इजरायली राजदूतसँग देउवाको आग्रह

नेपाली कांग्रेसको उद्दमशीलता र साना तथा मझौला व्यवसायी विभागद्वारा आयोजित ‘नेपाल स्टार्ट अप र एसएमई’ समिटमा पुगेका इजरायली राजदूत स्मुलिम एरी बाससँग सभापति देउवाले विपिन जोशीको रिहाइका लागि आग्रह गरेका हुन्।
विपिन जोशीको रिहाइका लागि सहयोग गर्न इजरायली राजदूतसँग देउवाको आग्रह

काठमाडौं, माघ १६ः नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सहयोग गर्न इजरायली रादजूतलाई आग्रह गरेका छन्।

नेपाली कांग्रेसको उद्दमशीलता र साना तथा मझौला व्यवसायी विभागद्वारा आयोजित ‘नेपाल स्टार्ट अप र एसएमई’ समिटमा पुगेका इजरायली राजदूत स्मुलिम एरी बाससँग सभापति देउवाले विपिन जोशीको रिहाइका लागि आग्रह गरेका हुन्।

‘महामहिम इजरायली राजदूतमार्फत जो अहिले इजरायलमा शान्ति प्रक्रिया सुरु भएको छ, त्यसमा हामासले कब्जामा राखेको विपिन जोशीलाई छुटाउन पनि मद्दत हुनेछ भन्ने विश्वास लिएको छु,’ देउवाले भने, ‘मलाई आशा छ, उहाँलाई छुटाउने काममा सबै लाग्नेछौं। महामहिम इजरायली राजदूत पनि लागि रहनु भएकोछ। फेरि पनि त्यसमा लाग्नु हुनेछ भन्ने विश्वास लिएको छु।’

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि नेपालले विभिन्न देशहरूसँग सहयोगका लागि आग्रह गर्दै आएको छ। इजरायल र हामासबीच युद्ध विराम भएर केही बन्दीहरु छुटे पनि नेपालका जोशी भने हमासकै कब्जामा छन्।

प्रकाशित मिति: १४:५१ बजे, बुधबार, माघ १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्