Kathmandu Press

ऊर्जामन्त्री खड्काको विषयमा छलफल गर्ने भनिएको समितिको बैठक स्थगित 

बैठकमा ऊर्जामन्त्री दीपक खड्कालगायत व्यक्तिसँग समितिमा प्राप्त उजुरीबारे छलफल गर्ने कार्यसूची तय भएको थियो । बैठकमा कोरम नपुगेपछि स्थगित भएको हो। 
ऊर्जामन्त्री खड्काको विषयमा छलफल गर्ने भनिएको समितिको बैठक स्थगित 

काठमाडौं, माघ १६ : बुधबारका लागि डाकिएको पूर्वाधार विकास समितिको बैठक स्थगित भएको छ। 

बैठकमा ऊर्जामन्त्री दीपक खड्कालगायत व्यक्तिसँग समितिमा प्राप्त उजुरीबारे छलफल गर्ने कार्यसूची तय भएको थियो । बैठकमा कोरम नपुगेपछि स्थगित भएको हो। 

२५ सदस्य रहेको समितिमा १० जनामात्र उपस्थिति भएका थिए। बैठकमा कोरम नपुगेका कारण स्थगित गरिएको समितिका सभापति दीपकबहादुर सिंहले जानकारी दिए। 

अर्को बैठक उपयुक्त समयम बोलाइने सभापति सिंहले बताए।
 
प्रकाशित मिति: १३:३६ बजे, बुधबार, माघ १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्