Kathmandu Press

प्रधानमन्त्रीबाट सहिद स्मारक र सहिदगेटमा पुष्पहार अर्पण [तस्बिरहरु]

सहिद दिवसका अवसरमा आज उनले प्रजातन्त्र र गणतन्त्रका लागि जीवन उत्सर्ग गर्ने सहिदको शालिकमा पुष्पहार अर्पण गरेका हुन्।
प्रधानमन्त्रीबाट सहिद स्मारक र सहिदगेटमा पुष्पहार अर्पण [तस्बिरहरु]

काठमाडौं, माघ १६ : प्रधानमन्त्री केपी ओलीले लैनचौरस्थित सहिद स्मारक र सहिदगेट पुगी सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। 

सहिद दिवसका अवसरमा आज उनले प्रजातन्त्र र गणतन्त्रका लागि जीवन उत्सर्ग गर्ने सहिदको शालिकमा पुष्पहार अर्पण गरेका हुन्।

प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर सहिद दिवस मनाइँदै छ। विसं २००७ पछि हरेक वर्षे माघ १६ गते विभिन्न कार्यक्रमसहित सहिद दिवस मनाउने गरिएको छ।

Hardik ivf

Photo-(9)-(9)-1738135757.jpg
 

सो क्रममा उपप्रधानमन्त्री, मन्त्रिगण, विभिन्न राजनीतिक दलका सांसद, नेपाल सरकारका मुख्यसचिव, सुरक्षा अङ्गका प्रमुख, काठमाडौँ महानगरपालिकाका उपप्रमुखलगायले सहिदहरूप्रति श्रद्धाञ्जली प्रकट गरे। 

प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यतामा सिंहदरबार परिसरमा अहिले सहिद दिवस विशेष समारोह आयोजना भइरहेको छ।

Photo-(4)-(21)-1738135754.jpg

Photo-(7)-(12)-1738135757.jpg

Photo-(4)-(9)-1738135754.jpeg

Photo-(3)-(16)-1738135751.jpeg

प्रकाशित मिति: १३:१८ बजे, बुधबार, माघ १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्