Kathmandu Press

अध्यक्ष नेपालद्वारा अमर सहिदहरूप्रति श्रद्धाञ्जली

सहिद दिवसका सन्दर्भमा आज एक विज्ञप्ति निकालेर उनले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो प्राण आहुति दिएका सम्पूर्ण ज्ञातअज्ञात अमर सहिदहरूप्रति श्रद्धाञ्जली प्रकट गरेका हुन्।
अध्यक्ष नेपालद्वारा अमर सहिदहरूप्रति श्रद्धाञ्जली
फाइल तस्बिर।

काठमाडौं, माघ १६ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जीवन उत्सर्ग गर्ने अमर सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। 

सहिद दिवसका सन्दर्भमा आज एक विज्ञप्ति निकालेर उनले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो प्राण आहुति दिएका सम्पूर्ण ज्ञातअज्ञात अमर सहिदहरूप्रति श्रद्धाञ्जली प्रकट गरेका हुन्।

विज्ञप्तिमा अध्यक्ष नेपालले सामाजिक न्यायसहितको समतामूलक र सभ्य समाज निर्माण गर्ने सहिदको आकांक्षलाई साकार बनाउन सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय लाग्नुपर्नेमा जोड दिँदै देशमा स्वाधीन एवं स्वावलम्बी अर्थतन्त्र निर्माण गर्न सकेमा सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास गरे।

प्रकाशित मिति: १०:२६ बजे, बुधबार, माघ १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्