Kathmandu Press

रास्वपा संसदीय दलको बैठक आज बस्दै

संसदको आगामी अधिवेशनको तयारीबारे छलफल गर्न पार्टी कार्यालय चःमतिमा बिहान ११ बजे रास्वपा संसदीय दलको बैठक बस्न लागेको हो।
रास्वपा संसदीय दलको बैठक आज बस्दै

काठमाडौं, माघ १६ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ । संसदको आगामी अधिवेशनको तयारीबारे छलफल गर्न पार्टी कार्यालय चःमतिमा बिहान ११ बजे रास्वपा संसदीय दलको बैठक बस्न लागेको हो।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरूले सरकारले संसद छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्ष निकाल्दै संसदमा जोडदार रूपमा कुरा राख्ने तयारी गरेका छन्।

संसदको हिउँदे अधिवेशन यही माघ १८ गते सुरू हुँदैछ।


 

प्रकाशित मिति: ०८:०१ बजे, बुधबार, माघ १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्