Kathmandu Press

अखिल क्रान्तिकारीको चुनाव: वाल्मीकिबाट पेरिसडाँडा लगियो मतपेटिका

पेरिसडाँडामा आजै मतगणना सुरू हुने बताइएको छ।
अखिल क्रान्तिकारीको चुनाव: वाल्मीकिबाट पेरिसडाँडा लगियो मतपेटिका

काठमाडौं, माघ १५ : नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको रोकिएको दुई प्रदेशको गणना पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा  हुने भएको छ।

वाल्मीकि क्याम्पसमा मतदान भएको उपत्यका विशेष प्रदेश र विश्वविद्यालय प्रदेशको मतगणना पेरिसडाँडामा हुने भएको हो। विवादका कारण चार दिनदेखि मतगणना रोकिएपछि मंगलबार मतपेटिका पेरिसडाँडा लगिएको हो। 

पेरिसडाँडामा आजै मतगणना सुरू हुने बताइएको छ।

मतदान गर्दा निर्वाचन समितिले राखिदिएको रातो साइनपेनबाहेक विद्यार्थीले अरू मसी पनि प्रयोग गरेको  खुलेपछि कस्तोलाई सदर र कस्तोलाई बदर मान्ने भन्ने विषयमा विवाद हुँदा गणना सुरू हुन सकेको थिएन। 

पेरिसडाँडामा मतगणनाका लागि सोमबारै तारबार गरिएको थियो। 

दुई प्रदेशबाहेकका भूगोलका सात प्रदेशको नतिजा अनुसार अध्यक्षमा विजयप्रकाश सापकोटा अगाडि छन्। 

सापकोटाले ४८५ मत ल्याउँदा बाँकी तीन उम्मेदवारहरू हेमन्त राईले ४६१, उपदेश यादवले २२१ र सुदिन पौडेलले १४४ मत प्राप्त गरेका छन्।

अब वाल्मीकिमा खसेको ५२२ मत गन्न बाँकी छ। 

प्रकाशित मिति: १९:१० बजे, मंगलबार, माघ १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्