Kathmandu Press

'रूखबाट लडेका र नदीले बगाएकाहरुलाई शहीदमा गणना गरियो'

माओवादी केन्द्रका नेता एवं लुम्बिनी प्रदेशका निवर्तमान सभामुख पूर्णबहादुर घर्ती मगरले राजनीतिक संघीयता प्राप्त भएतापनि प्रशासनिक संघीयताको अभ्यास अझै गर्न नसकेको बताएका छन्।
'रूखबाट लडेका र नदीले बगाएकाहरुलाई शहीदमा गणना गरियो'

काठमाडौं, माघ १५: माओवादी केन्द्रका नेता एवं लुम्बिनी प्रदेशका निवर्तमान सभामुख पूर्णबहादुर घर्ती मगरले राजनीतिक संघीयता प्राप्त भएतापनि प्रशासनिक संघीयताको अभ्यास अझै गर्न नसकेको बताएका छन्।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले शहीद दिवस २०८१ का अवसरमा आयोजित ‘राष्ट्रिय चेतना र शहीदको भावना’ चित्रकला प्रदर्शनीमा उनले लोकतान्त्रिक गणतन्त्रको प्राप्ती भएपनि संघीयताको अभ्यास सम्बन्धी आवश्यक नियम कानून बन्न नसकेको बताए।

Hardik ivf

उनले भने, ‘लोकतान्त्रिक गणतन्त्रको प्राप्ती भएको छ । राजनीतिक संघीयता देशमा प्राप्त भएता पनि प्रशासनिक संघीयताको अभ्यास अझै गर्न सकिरहेका छैनौ । त्यसका लागि आवश्यक नियम कानून पनि बन्न सकिरहेको छैन् । निजामति ऐन अझै पनि छलफलको अवस्थामा छ, प्रहरी समायोजन ऐन अझै पनि सदनबाट पारित गर्न सकि रहेका छैनौ । यस्तै शिक्षा ऐन पनि समितिमा विचाराधिन अवस्थामा छ । संघीय प्रणालीलाई व्यवस्थित र सबल बनाउनको लागि आवश्यक कानून निर्माण गर्न जरुरी छ ।’

यसका साथै, उनले पछिल्लो राजनीतिक परिवर्तनपछि रुखबाट लडेका, नदीले बगाएकाहरु पनि शहीदको नाममा गणना भएको बताए ।

उनले भने, ‘नेपाली सपुथहरुले जुन आफ्नो ज्यान दिनुभयो उहाँहरुको रगत पसिनामा हामी उभिएका छौ र हामीले लोकतन्त्रको अभ्यास गरिरहेका छौ । यसो भन्दै गर्दा शहीदहरुको वर्गीकरण पनि हुन्छ । पछिल्लो राजनीतिक परिवर्तन पछि कतिपय मान्छे रुखबाट लडेकाहरु पनि शहीदको नाममा गणना गरिएको हुन्छ, नदीले बगाएकाहरु पनि शहीदको नाममा गणना भएका छन् ।’

नेताहरुको भाषणभन्दा एउटा चित्रले निकै राम्रो कुरा बोलेको भन्दै यहाँ रहेका चित्रहरुमा निकै गहिरो भावहरु रहेको पनि उनको भनाइ छ ।

प्रकाशित मिति: १८:०४ बजे, मंगलबार, माघ १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्