Kathmandu Press

प्रतिनिधिसभाको आगामी बैठकको कार्यसूची निर्धारण

सभामुख देवराज घिमिरेको अध्यक्षतामा आज भएको समितिको बैठकले सम्भावित कार्यसूची निर्धारण गरेको हो।
प्रतिनिधिसभाको आगामी बैठकको कार्यसूची निर्धारण

काठमाडौं, माघ १५ : प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिले आगामी शुक्रबार हुने प्रतिनिधिसभा बैठकको कार्यसूची निर्धारण गरेको छ।

सभामुख देवराज घिमिरेको अध्यक्षतामा आज भएको समितिको बैठकले सम्भावित कार्यसूची निर्धारण गरेको हो।

बैठकको निर्णयअनुसार अधिवेशनको पहिलो दिन ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ प्रतिनिधिसभामा पेस हुनेछन् ।

प्रकाशित मिति: १७:२३ बजे, मंगलबार, माघ १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्