Kathmandu Press

पूरा समय संसदमा उपस्थित हुन एमाले सांसदलाई प्रधानमन्त्रीको निर्देशन

पूरा समय संसदमा उपस्थित हुन एमाले सांसदलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, माघ १५ः प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् र संसदीय समितिका बैठकमा पूरा समय उपस्थित हुन एमाले सांसदलाई निर्देशन दिएका छन्। 

मंगलबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले आफ्ना सांसदलाई उक्त निर्देशन दिएका हुन्। उनले गलत ढंगले कुनै पनि विधेयक पारित नहोस् भन्नका लागि पनि पुरा समय बैठकमा उपस्थित हुनुपर्ने बताउँदै सांसदलाई निर्देशन दिएका थिए।

समितिहरुमा एमाले सांसदको उपस्थिति तुलनात्मकरुपमा राम्रो रहेको भनाई पनि ओलीले राखे। जनताले संसद्मा भूमिका खेल्न पठाएको भन्दै झुठा लान्छानाहरुको प्रतिवाद गर्न पनि  सांसदहरुलाई निर्देशन दिएका छन्।

प्रकाशित मिति: १५:२२ बजे, मंगलबार, माघ १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्