Kathmandu Press

दुईवटा संसदीय समितिको बैठक बस्दै 

बैठकमा सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेस र छलफल हुनेछ । 
दुईवटा संसदीय समितिको बैठक बस्दै 

काठमाडौं, माघ १५ : मंगलबार संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दै छ ।

जसअनुसार आज कानून, न्याय तथा मानव अधिकार समिति बैठक बिहान ८ बजे बस्दै छ । बैठकमा सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेस र छलफल हुनेछ । 

Hardik ivf

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक पनि आज सिंहदरवारमा बस्दैछ । दिउँसो साढे ३ बजे बस्ने बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल हुनेछ ।

यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको स्थगित गरिएको छ ।  दिनको १२ः२५ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो ।

प्रकाशित मिति: ०८:२१ बजे, मंगलबार, माघ १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्