कार्यव्यस्था परामर्श समितिको बैठक बस्दै
सभामुख घिमिरेले संसद्को आसन्न अधिवेशनको तयारीका लागि कार्यव्यस्था परामर्श समितिको बैठक बोलाएका हुन् । बैठक दिउँसो १ बजे सिंहदरवारमा बस्नेछ ।
काठमाडौं, माघ १५ : संघीय संसद् प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले आज कार्यव्यस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
सभामुख घिमिरेले संसद्को आसन्न अधिवेशनको तयारीका लागि कार्यव्यस्था परामर्श समितिको बैठक बोलाएका हुन् । बैठक दिउँसो १ बजे सिंहदरवारमा बस्नेछ ।
प्रतिनिधिसभा बैठक यही माघ १८ गते दिउँसो १ बजे बस्नेछ ।
विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग–अलग छलफल गरिरहेका छन् ।
प्रकाशित मिति: ०७:५२ बजे, मंगलबार, माघ १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार