Kathmandu Press

एमाले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ? 

सङ्घीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न  संसदीय दलको बैठक बस्न लागेको हो । बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ । 
एमाले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ? 
Hardik ivf

काठमाडौ, माघ १५ : नेकपा एमालेले संसदीय दलको बैठक आज बस्ने भएको छ । दिउसो १ बजे सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । 

सङ्घीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न  संसदीय दलको बैठक बस्न लागेको हो । बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ । 

आउँदो १८ माघबाट सङ्घीय संसद्को अधिवेशन सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् । 

प्रकाशित मिति: ०७:४४ बजे, मंगलबार, माघ १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्