Kathmandu Press

लेखा समिति सभापतिकी श्रीमती जोडिएको उमागौरी सहकारीका अध्यक्षले गरे अदालतमा आत्मसमर्पण

मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार सोमबार अदालतमा हाजिर भएका छन् । 
लेखा समिति सभापतिकी श्रीमती जोडिएको उमागौरी सहकारीका अध्यक्षले गरे अदालतमा आत्मसमर्पण

विराटनगर, माघ १४ : मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार सोमबार अदालतमा हाजिर भएका छन् । 

कानुन व्यवसायीलाई साथमा लिएर रौनियार दिउँसो मोरङ जिल्ला अदालतमा हाजिर भएका हुन् ।

Hardik ivf

उक्त सहकारीमा सार्वजनिक लेखा समितिका सभापति तथा एमाले सांसद ऋषिकेश पोखरेलको पत्नी अञ्जला कोइराला पनि प्रतिबादी हुन् ।

अदालतमा उपस्थित भएपछि सहकारी अध्यक्ष रौनियारको न्यायाधीश अरुणकुमार झाको इजलासमा बयान सुरु भएको छ । बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ । 

सहकारी रकम अपचलन प्रकरणमा रौनियारसहित २६ जना विरुद्ध मोरङ अदालतमा मुद्दा दायर भएकोमा २१ जना अझै फरार छन् । एक जना प्रतिबादीलाई पुर्पक्षको लागि थुनामा पठाइएको छ ।

सहकारी सञ्चालक रोशन राजवंशीलाई पुर्पक्षको लागि थुनामा पठाइएको हो । अर्का अभियुक्त कोइराला र सन्तलाल खवासलाई भने धरौटीमा छाडिएको छ ।

उनीहरुविरुद्ध गत मंसिर २७ गते जिल्ला अदालतमा अभियोगपत्र दायर भएको थियो । 

 

प्रकाशित मिति: १८:३१ बजे, सोमबार, माघ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्