Kathmandu Press

अर्थमन्त्रालयद्वारा यूएसएडबाट सञ्चालित परियोजनाको अनुदान स्थगित

मन्त्रालयले त्यस्ता परियोजना ९० दिनका लागि स्थगित गरेको जनाएको छ ।
अर्थमन्त्रालयद्वारा यूएसएडबाट सञ्चालित परियोजनाको अनुदान स्थगित

काठमाडौं, माघ १४ : अर्थ मन्त्रालयले अमेरिकी सहयोग नियोग यूएसएडबाट सञ्चालित चार परियोजनाको अनुदान तत्कालका लागि स्थगित गरेको छ । 

मन्त्रालयले त्यस्ता परियोजना ९० दिनका लागि स्थगित गरेको जनाएको छ ।

अर्थ मन्त्रालयले जनाए अनुसार यूएसएड हेल्थ डिरेक्ट फाइनान्सिङ प्रोजेक्ट, यूएसएड एग्रिकल्चरल डिरेक्ट फाइनान्स प्रोजेक्ट, यूएसएड एजुकेसन डिरेक्ट फाइनान्सिङ प्रोजेक्ट र यूएसएड इन्क्ल्युजिभ पलिसी डिरेक्ट फाइनान्सिङ प्रोजेक्टमा प्राप्त अनुदान लागि स्थगित भएको छ। 

उक्त आयोजनाहरू यूएसएड र नेपाल सरकारबीच ०५ मे २०२२ मा डेभलपमेन्ट अब्जेक्टिभ अग्रिमेन्ट (डीओएजी)मार्फत नेपाललाई प्राप्त भएको अनुदान सहायतामध्ये बजेट प्रणालीमार्फत सर्वसञ्चित कोषबाट भुक्तानी हुने प्रकृतिका रहेको जनाइएको छ।

यूएसएड नेपालले यी आयोजनामा अनुदान सहयोग तत्काल ९० दिनका लागि स्थागित भएको पत्रमार्फत जानकारी गराएको हो । 

 

प्रकाशित मिति: १८:२३ बजे, सोमबार, माघ १४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्